डाटा सुरक्षाको बारेमा जानकारी
Infineon मा हामी डाटा सुरक्षा र गोपनीयतालाई अति गम्भीरताका साथ लिन्छौं र हालको राष्ट्रिय डाटा सुरक्षा नियमहरूको पालना गर्दछौं। कृपया रिपोर्ट पेश गर्नु अघि यो डाटा सुरक्षा जानकारी ध्यानपूर्वक पढ्नुहोस्।
ह्विसलब्लोइङ प्रणालीको उद्देश्य
ह्विसलब्लोइङ प्रणाली (BKMS® System) आन्तरिक नियमहरूको उल्लङ्घन वा उल्लङ्घनको सम्बन्धमा तपाईंले पेश गर्नुभएको रिपोर्टहरू सुरक्षित र गोप्य रूपमा प्राप्त गर्ने, प्रशोधन गर्ने र व्यवस्थापन गर्ने कार्य गर्दछ।
के रिपोर्ट गरिनुपर्छ र मैले कहाँ सल्लाह लिन सक्छु?
नियम उल्लङ्घन बारे निम्न क्षेत्रहरू भित्रबाट रिपोर्ट गर्न सकिन्छ:
- प्रतिस्पर्धी विरोधी अभ्यासहरू
- भ्रष्टाचार
- स्वार्थ बाझिने काम
- कम्पनीको सम्पत्तिको दुरुपयोग
- सूचनाको सुरक्षा एवं डाटाको सुरक्षा
- व्यवसाय सञ्चालन
- व्यवहार
- मानव अधिकार
यदि तपाईंसँग व्यापार आचरण निर्देशिका बारेमा प्रश्नहरू छन् वा दिईएका श्रेणीहरूसँग सम्बन्धित नभएको समस्यालाई सम्बोधन गर्न चाहनुहुन्छ भने पनि, तपाईं यो प्रणाली प्रयोग गर्न सक्नुहुन्छ।
जिम्मेवार अधिकारी तथा डाटाको सुरक्षा
ह्विसलब्लोइङ प्रणालीमा डाटाको सुरक्षाका लागि जिम्मेवार आधिकारिक संस्था Infineon Technologies AG, Compliance Department, Am Campeon 1-15, 85579 Neubiberg, Germany रहेको छ।
यो ह्विसलब्लोइङ प्रणाली विशेष कम्पनी, EQS Group GmbH, Karlstraße 47, 80333 Munich in Germany बाट संचालित छ।
ह्विसलब्लोइङ प्रणालीमा हालिएका व्यक्तिगत डाटा र जानकारी EQS Group AG द्वारा संचालित जर्मनीको उच्च सुरक्षा डाटा सेन्टरमा स्टोर गरिन्छ। स्थापित प्राविधिक उपायका कारण डाटा निरीक्षण Infineon मार्फत मात्र गर्न सकिन्छ। डाटाको पहुँच Infineon का थोरै सङ्ख्याका स्पष्ट रूपमा अधिकृत व्यक्तिहरूमा सीमित छ। EQS समूह AG र अन्य तेस्रो पक्षहरूसँग डाटाको पहुँच छैन। यो व्यापक प्राविधिक र संगठनात्मक उपायहरू मार्फत प्रमाणित प्रक्रियाबाट सुनिश्चित गरिएको छ।
सङ्कलन गरिएको व्यक्तिगत डाटाको प्रकार
ह्विसलब्लोइङ प्रणालीको प्रयोग स्वैच्छिक आधारमा हुन्छ। यदि तपाईंले ह्विसलब्लोइङ प्रणाली मार्फत रिपोर्ट पेश गर्नुभयो भने, हामी निम्न व्यक्तिगत डाटा र जानकारी सङ्कलन गर्दछौँ:
- यदि तपाईंले आफ्नो पहिचान खुलासा गर्न रोज्नुभयो भने, तपाईंको नाम,
- तपाईं Infineon मा कार्यरत हुनुहुन्छ वा हुनुहुन्न, र
- तपाईंले आफ्नो रिपोर्टमा नाम दिनुभएको व्यक्तिको नाम र अन्य व्यक्तिगत डाटा।
रिपोर्टहरूको गोप्य व्यवस्थापन
आउने रिपोर्टहरू Infineon को कम्प्लायन्स संगठनका स्पष्ट रूपमा अधिकृत र विशेष तालिम प्राप्त कर्मचारीहरूको सानो समूहले प्राप्त गर्छ र सँधै गोप्य रूपमा व्यवस्थापन गर्दछ। अनुपालन विभागका कर्मचारीहरूले यस मामिलाको मूल्याङ्कन गर्छन् र विशेष मामलामा आवश्यक कुनै पनि थप अनुसन्धान गर्छन्।
उदाहरणका लागि, यदि रिपोर्टहरूले Infineonका सहायक कम्पनीहरूमा भएका घटनाहरूलाई रिपोर्टको प्रक्रिया गर्ने ढाँचा भित्र वा विशेष अनुसन्धान भित्र उल्लेख गर्दछ भने, Infineonका थप कर्मचारीहरूसँग रिपोर्टहरू साझा गर्न आवश्यक हुन सक्छ।
यदि तपाईंले युरोपेली संघ/ EEA भित्र मामिलाहरू रिपोर्ट गर्नुभयो भने, तपाईंको व्यक्तिगत डाटा र विवरण युरोपेली र लागू हुने राष्ट्रिय डाटाको सुरक्षा कानूनहरू, विशेष गरी जर्मन संघीय डाटा संरक्षण ऐन (Bundesdatenschutzgesetz) अनुसार प्रशोधन गरिनेछ। यदि तपाईंले युरोपेली संघ/ EEA बाहिरका मामिलाहरू रिपोर्ट गर्नुभयो भने, आवश्यकता अनुसार तपाईंको व्यक्तिगत डाटा र विवरण अनुपालन विभागद्वारा निरीक्षण पछि क्षेत्रीय डाटाको सुरक्षा कानुन अनुसार Infineon का सहायक कम्पनीहरूद्वारा साइटमै प्रशोधन गरिनेछ।
कानुनी रूपमा आवश्यक भएमा, हामी तपाईंको रिपोर्ट स्थानीय कानुन प्रवर्तन एजेन्सीहरूलाई पठाउनेछौँ।
डाटाको पहुँच हुने गर्ने सबै व्यक्तिहरू गोपनीयता कायम गर्न जिम्मेवार छन्।
व्यक्तिगत डाटा राख्ने अवधि
स्थिति स्पष्ट पार्न र अन्तिम मूल्याङ्कन गर्न आवश्यक पर्दासम्म व्यक्तिगत डाटा राखिन्छ। रिपोर्टको प्रक्रिया कार्य समाप्त भएपछि, यो डाटा वैधानिक आवश्यकताहरू अनुसार मेटाइन्छ।
ह्विसलब्लोइङ प्रणाली प्रयोग गर्दै
तपाईंको कम्प्युटर र ह्विसलब्लोइङ प्रणाली बीचको सञ्चार इन्क्रिप्टेड कनेक्सन (SSL) मा हुन्छ। तपाईंको कम्प्युटर IP ठेगाना तपाईंको व्हिसलब्लोइङ प्रणालीको प्रयोगको समयमा स्टोर गरिने छैन। तपाईंको कम्प्युटर र व्हिसलब्लोइङ प्रणाली बीचको कनेक्सन कायम राख्न तपाईंको कम्प्युटरमा एउटा कुकी स्टोर गरिन्छ जसमा केवल सेसन ID (तथाकथित सेसन कुकी) हुन्छ। यो कुकी तपाईंको सेसनको अन्त्यसम्म मात्र मान्य हुन्छ र तपाईंले आफ्नो ब्राउजर बन्द गरेपछि समाप्त हुन्छ।
व्यक्तिगत रूपमा छनौट गरिएको वैकल्पिक नाम/ प्रयोगकर्ता नाम र पासवर्डका साथ सुरक्षित गरिएको ह्विसलब्लोइङ प्रणाली भित्र अनलाइन पोस्टबक्स सेटअप गर्न सकिन्छ। यसले तपाईंलाई Infineon का जिम्मेवार कर्मचारीकहाँ नामसहित वा अज्ञात रूपमा रिपोर्टहरू पेश गर्न अनुमति दिन्छ। प्रणालीले कुनै पनि इमेलहरू सिर्जना गर्दैन र प्रणालीमा डाटा मात्र स्टोर गर्न र पढ्न सकिन्छ।
संलग्न सामग्रीहरू पठाउने नोट
रिपोर्ट वा थप सामग्री पेश गर्दा, तपाईंले जिम्मेवार Infineon कर्मचारीलाई संलग्न फाइलहरू पठाउन सक्नुहुन्छ।
यदि तपाईं गुमनाम रहेर रिपोर्ट पेश गर्न चाहनुहुन्छ भने, कृपया निम्न सुरक्षा सल्लाहमा ध्यान दिनुहोस्:
फाइलहरूमा लुकेको व्यक्तिगत डाटा हुन सक्छ जसले तपाईंको नामरहित गोप्य पहिचानलाई खतरामा पार्न सक्छ। पठाउनु अघि यो डाटा हटाउनुहोस्। यदि तपाईंले यो डाटा हटाउन सक्नु भएन वा कसरी गर्ने भन्ने बारे थाहा छैन भने, तपाईंको संलग्न फाइलको टेक्स्टलाई तपाईंको रिपोर्ट टेक्स्टमा कपि गर्नुहोस् वा रिपोर्ट प्रक्रियाको अन्त्यमा प्राप्त रिफरेन्स नम्बरलाई उद्धृत गर्दै प्रिन्ट गरिएको उक्त कागजातलाई फुटरमा सूचीबद्ध ठेगानामा गुमनाम रूपमा पठाउनुहोस्।
प्रणालीको निरन्तर विकास जारी राख्नको लागि, Infineon ले डाटाको सुरक्षा सम्बन्धी नियमहरू अनुसार कुनै पनि समयमा यो डाटाको सुरक्षा निर्देशिका परिमार्जन गर्न सक्छ।
म व्यक्तिगत रिपोर्ट पेश गरेर मेरो व्यक्तिगत डाटाको प्रक्रियामा सहमत छु। यदि तपाईं यसमा सहमत हुनुहुन्न भने, कृपया आफ्नो जानकारी गुमनाम वा गोप्य राख्नुहोस्।
संस्करण: जुन 2021